दफा
कार्यकारी निर्देशकको नियुक्ति
: (१) प्रतिष्ठानको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य सञ्चालन गर्नको लागि समितिले मान्यता प्राप्त विश्वविद्यालयबाट कुनै विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी उद्योग व्यवसायको क्षेत्रमा विशेषज्ञता प्राप्त प्रतिस्पर्धाका आधारमा कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ र निज पुन बढीमा चार वर्षको लागि नियुक्त हुन सक्नेछ ।
(३) कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाका शर्त तथा सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।